stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैंक आजदेखि ७१औं वर्षमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

नेपाल राष्ट्र बैंक आजदेखि ७१औं वर्षमा प्रवेश काठमाडौं । नेपाल राष्ट्र बैंक आजदेखि गौरवमय ७० वर्ष पूरा गरी ७१औं वर्षमा प्रवेश गरेको छ ।

देशको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो ।

राष्ट्र बैंक र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपणका रूपमा रहेको छ । तत्कालीन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्ने काम गर्दै आइरहेको छ ।

राष्ट्र बैंकले अर्थतन्त्रको दिगो विकासका लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्दै आइरहेको छ ।

साथै, बैंकिङ तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणाली विकास गर्ने, बैंकिङ तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, देशको समग्र बैंकिङ तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने काम पनि राष्ट्र बैंकले गर्दै आइरहेको छ ।

राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयन शमशेर जबरा थिए । हालसम्म आइपुग्दा राष्ट्र बैंकमा १८ जना गभर्नर बनिसकेका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । अहिले डा.नीलम ढुंगाना तिम्सिनाले कामु गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

prabhu mahalaxmi
kumari