sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी ६ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
ती कम्पनीहरूलाई एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long