stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ।

लघुवित्त कम्पनीले गत वर्षको चैत त्रैमाससम्म जम्मा १८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ११८४ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको हो।

त्यस्तै लघुवित्त कम्पनीको सञ्चालन नाफा गत वर्ष २ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा घटेर ८४ लाख रुपैयाँ धनात्मक भएको छ। यससँगै कम्पनीको खुद ब्याज आम्दानी पनि करीब ६ करोडबाट बढेर ११ करोड ८४ लाख रुपैयाँ नाघेको छ।

गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी जम्मा ८ करोड ८० लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १४ करोड रुपैयाँ नाघेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँ ६१ पैसा कायम भएको छ।

चुक्ता पूँजी १४ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ३० लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले १ अर्ब ८२ करोड सापटी लिएर २ अर्ब ७३ करोडबढी कर्जा दिएको छ। निष्क्रिय कर्जा ४.११ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३२ पैसा रहेको छ।

IME Lifesidebar
kumari