sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

भारतमा उत्पादन गर्‍यो मर्सिडिजले २ लाख युनिट कार

Nimb long ad
Prabhu Insurance Long Ad

जर्मन अटो निर्माता मर्सिडिज बेन्जले भारतमा २ लाख युनिट कार उत्पादन गरेको छ । सन् १९९५ देखी भारतमा कार एसेम्वल गर्न थालेको मर्सिडिजले ३० वर्षमा यस्तो उपलब्धी हाँसिल गरेको हो । कम्पनिले हालै पुणेस्थित प्लान्टबाट २ लाखौ युनिट कारका रुपमा इक्यूएस एसयुभी रोलआउट गरेको हो ।

मर्सिडीज–बेन्जले १९९५ देखि भारतमा कारहरू निर्माण गर्दै आएको छ । आफ्नो पहिलो १९ वर्षको सञ्चालनमा, जर्मन कार निर्माताले ५० हजार सवारी साधनहरू उत्पादन गरेको थियो ।

२०१५ देखि २०२५ सम्म १ लाख ५० हजार युनिट कार उत्पादन गरेको कम्पनीले पुणे नजिकैको चाकणमा  नयाँ प्लान्ट  विस्तार गरेपछि  पछिल्लो २ वर्षमा  मात्र  ५०  हजार  कार  निर्माण  गर्न सफल भयो ।

मर्सिडिजको चाकण प्लान्ट मेबाच एस५०० निर्माण गर्ने जर्मनी बाहिरको पहिलो कारखाना थियो । इक्यूएस ५८० यस कारखानामा उत्पादन हुने पहिलो ईभी थियो । मर्सिडीज बेन्ज भारतमा ईभीको उत्पादन स्थानीयकरण गर्ने पहिलो ओइएम पनि हो ।

gold
prabhu bank
nawakantipur long