sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेप्सेमा साढे १४ अर्बको बोनस सेयर सूचीकृत

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ महिनामा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा फागुनसम्ममा सूचीकृत ८ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब २ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

gold
kumari bank
nawakantipur long