stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समृद्धि फाइनान्सका सीईओ सन्तोषकुमार घिमिरेद्वारा पदभार ग्रहण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । घिमिरेले मंगलबार संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथग्रहण गर्दै पदभार ग्रहण गरेका हुन् ।

यसअघि फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

घिमिरेले नेपाल राष्ट्र बैंकमा तीन दशक सेवा गरी अवकाश पाइसकेका छन् । राष्ट्र बैंकमा कार्यरत रहँदा उनले समस्याग्रस्त वित्तीय संस्थाहरूको व्यवस्थापनदेखि नीतिगत कार्यान्वयनमा सक्रिय भूमिका खेलेका थिए ।

त्यसैगरी, घिमिरे गोर्खाज फाइनान्स लिमिटेडमा पनि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गरिसकेका छन् । साथै, नेपाल सेयर मार्केट फाइनान्सजस्ता चुनौतीपूर्ण संस्थामा व्यवस्थापन प्रमुखको रूपमा रहेर उनले संस्थागत सुधारको पहल गरेका थिए।

नियामक निकायदेखि निजी क्षेत्रका वित्तीय संस्थासम्मको गहिरो अनुभव बोकेका घिमिरेको आगमनसँगै समृद्धि फाइनान्सले आफ्ना रणनीतिहरू अझ स्पष्ट, सुदृढ र दीर्घकालीन लक्षप्रति केन्द्रित हुने विश्वास लिएको छ।

prabhu mahalaxmi
kumari