stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

गएको मनसुनपछि निकै कम वर्षा

वैशाख १५ सम्म वर्षा कमै हुने अनुमान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० (मार्च २२ र २३) गते देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएकामा तत्पश्चात् पर्याप्त वर्षा हुन सकेको छैन ।

पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो ।

त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्‍याउन भूमिका खेलेको उहाँले बताउनुभयो ।

अप्रिल महिनाको जलवायु आंकलन अनुसार सरदर (५८ दशमलव सात मिमी) वा सरदरभन्दा कम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आज देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए पनि ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेच्छित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।

यस वर्ष मनसुनपश्चात् पोष्ट–मनसुनको अवधि (अक्टोबरदेखि नोभेम्बर २०२४) मा देशभर सरदर (६४ मिमी) भन्दा १९ दशमलव ६४ प्रतिशत न्यून वर्षा भएको छ ।

तापक्रम पनि सरदर (२० दशमलव एक डिग्री सेल्सियस) भन्दा शून्य दशमलव सात डिग्री बढी रहेको विभागले जनाएको छ ।

यसैगरी हिउँद अवधि (डिसेम्बर २०१४ देखि फेब्रुअरी २०२५) मा देशभर सरदर (६० दशमलव चार मिमी) भन्दा ७९ दशमलव ४४ प्रतिशत न्यून वर्षा भएको र तापक्रम सरदर (१३ दशमलव पाँच डि से) भन्दा शून्य दशमलव पाँच डिग्री बढी रहेको विभागले जानकारी दिएको छ ।

गएको मार्च महिनामा समेत देशभरको सरदर वर्षा (३२ दशमलव दुई मिमी) मा २९ दशमलव ५४ प्रतिशत कमी आएको तथा तापक्रममा सरदर (१८ दशमलव आठ डिग्री) भन्दा शून्य दशमलव आठ डिग्री बढी मापन भएको विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari