sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मातृभूमि लघुवित्तले एफपीओ ल्याउने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा वैशाख २ गते बोलाएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यस पटक सेयरधनीको हात खाली हुनेछ ।

साधारण  सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्त कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, चैत २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा, अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स बुढानिलकण्ठ काठमाडौंमा बिहान ११ बिहान बजे सुरु हुनेछ ।

gold
kumari bank
nawakantipur long