stcnepal long ad
ime life insurance
global ime bank long

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

लघुवित्त कम्पनीले यी शेयर हाल लघुवित्त कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।

सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित लघुवित्त कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने लघुवित्त कम्पनीले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari