stcnepal long ad
global ime bank long

काठमाडौं उपत्यकाका आज यी स्थानमा ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमाआज (चैत २५ गते) विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्ने सिलसिलामा पुराना पोलबाट नयाँ पोलमा लाइन तान्न तथा कन्डक्टर तार फेर्ने कार्यका लागि बिजुली काट्न लागिएको हो । बिजुली बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म हुनेछैन ।

यसदिन सोमबार मातातीर्थ फिडरअन्तर्गतका चेकपोस्ट, थानकोट, नागढुंगा, वाणस्थली, बसुन्डोल, इन्द्थान, सिरानचौर, आँपचौर, कुखुरेचौर, महेशफाँट आदि क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म बिजुली नहुने प्राधिकरणले जनाएको छ ।

साथै उक्त कार्य समयअगाडि नै सम्पन्न भएका तोकिएको समयभन्दा अगाडि पनि लाइन सुचारु हुने प्राधिकरण बताइएको छ ।

IME Lifesidebar
kumari