sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनआईसी एशियाको ऋणपत्रमा आज चैत २५ गतेदेखि आवेदन दिन सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१ ऋणपत्र’ (डिबेन्चर) मा आज चैत २५ गतेदेखि आवेदन दिन सकिने भएको छ ।

बैंकले ५ अर्ब रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १३ गते स्वीकृति पाइसकेको छ ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइनेछ ।

१० वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन चैत २८ गतेसम्म दिनुपर्नेछ । २८ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद आगामी वैशाख ८ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

gold
nawakantipur long