हिरो बाइक किन्दा ७ हजार नगद छुट
लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार उपहार

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष नयाँ हिरो’ नामक अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत ग्राहकले ७ हजार नगद छुट पाउने वताइएको छ भने हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् । फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित सरल किस्तावन्दिको योजना समेत उपलब्ध रहेको छ ।
हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ । यी बाइक नेपालमै एसेम्बल गरिएका हुन् ।