नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् ।
सभापोखरी हाइड्रोले प्रतिसेयर १०० रुपैयाँका दरले १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । उक्त सेयरको प्रत्याभूति कोषले गर्ने भएको हो । कम्पनीले संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा ५ मेगावाट क्षमताको लङ्खुवा खोला जलविद्युत आयोजना स्थापना गरेको छ ।