citizens life insurance long ad

नेपालको लोकप्रिय कलाकार “दुर्गेश थापा”को ग्रान्ड कन्सर्ट हुँदै आइएमई पे र खल्ती मार्फत टिकट खरिद गर्न मिल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको लोकप्रिय गायक तथा परफर्मर दुर्गेश थापाको पहिलो चोटी यहि बैशाख १८, २०८२ मा काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गएको कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिनेछ ।

ट्राइएङल इन्क द्वारा आयोजित यस कन्सर्टमा दुर्गेश थापाको ऊर्जा र आकर्षक परफर्मर मज्जा लिन सकिनेछ । हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’ बाट लोकप्रियता कमाएका र त्यो भन्दा अघि पनि कैयौं हिट्सहरु दिएका उनी केवल एक गायक मात्र नभइ मञ्चमा आफूसंगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक अब्बल परफर्मरको रुपमा पाईन्छ।

मे १ मा काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गइरहेको भव्य कन्सर्टमा दुर्गेश थापाले आफ्नो अत्यन्तै चर्चित गीतहरु प्रस्तुत गर्नेछन र साथै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरुको पनि मनोरञ्जनात्मक प्रस्तुती रहनेछ।

प्रशंसकहरूले आफ्नो प्रवेश टिकट आजैबाट आइएमई पे तथा खल्ती एपको ूइभेन्ट्सू सेक्सनबाट लिन सक्नेछन्। दर्शकहरूले कन्सर्टको लागि फ्यानपिट, सिल्भर वा गोल्ड टिकटहरू मध्ये एक छनौट गर्न सक्ने कम्पनी ले जनाएको छ ।

IME Life
kumari