stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सोमबार कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी एस.डी.कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौँ, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए.कन्स्ट्रक्सन काठमाडौँलाई कालो सूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारवाही हुने सूचनामा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari