कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले कुल २० हजार ३६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । हाललाई यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
इच्छुक खरिदकर्ताले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।