stcnepal long ad
ime life insurance
national life
global ime bank long

हार्दिक आई.भि.एफ सेन्टर सिनामंगलमा निःशुल्क आई.यु.आई सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संचालनको छोटो समयमै निकै लोकप्रिय अनि सयौ निःसन्तान दम्पत्तीलाई सन्तान सुख दिन सफल यस हार्दिक आई.भि.एफ सेन्टर सिनामंगलले आउदो नयाँ बर्ष २०८२ को अवसर पारेर यहि चैत्र १० देखि नयाँ बर्ष २०८२ बैशाख ३१ सम्म निशुल्क आई।यु।आई सेवा सन्चालन गर्दैछ ।

यही चैत १० गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म निशुल्क आई।यु।आई सेवा आयोजना गरिएको हो । यो सिनामंगलस्थित हार्दिक आई.भि.एफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुनेछ ।

आई.यु.आई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११ /९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । अग्रिम नाम दर्ता गराउने लाई मात्र यो निशुल्क सेवा उपलब्ध गराईनेछ ।

आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निशुल्क आई.यु.आई सेवा गर्न लागिएको हो । बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका समाजिक र मानसिक समस्यासमेत निराकरण गरी आशाका किरण जगाउन हार्दिक आई.भि.एफ सेन्टर सिनामंगलले यो अभियान सुरु गरेको हो ।

बाँझोपनको उपचारका लागि आई.यु.आई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रभावकारी उपचार प्रद्धति हो । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहन्छ ।

पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनकोस समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आई.यु.आर्ई उपचार पद्धति प्रभावकारी मानिन्छ ।

नेपालमा आई.यु.आइ उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भए पनि हार्दिक आई।भि।एफ सेन्टर सिनामंगलले निशुल्क गर्न लागेको हो । आई.यु.आई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने बिश्वास छ ।

शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले निशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आई।यु।आई उपचार प्रदान गर्नेछन् ।
धन्यबाद ।

IME Lifesidebar
kumari