sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल आयल निगमद्वारा १० प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले लाभांश घोषणा गरेको छ । निगमको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो । घोषित लाभांश पारित गर्न निगमले साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार, काठमाडौंमा चैत २९ गते दिउँसो १ बजेदेखि शुरु हुनेछ । साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, लेखापरीक्षको प्रतिवेदन सहित गत आवको वासलात, नाफानोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक निर्धारण र निजको पारिश्रमिक पनि साधारण सभाले टुंगो लगाउनेछ ।

gold
nawakantipur long