stcnepal long ad
ime life insurance
global ime bank long

एनआइसी एसिया ब्यालेन्स फन्डको नबिल बैंकमा अधिक लगानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  वैशाख मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ब्यालेन्स फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ २९ पैसा कायम भएको छ । यो चैतको भन्दा १९ पैसाले थोरै हो ।

चैतमा यसको न्याभ १० रुपैयाँ ४८ पैसा रहेको थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि चैतको भन्दा ४.२५% ले घटेर ३२ करोड ३४ लाख ९४ हजार रुपैयाँमा आएको छ ।

अघिल्लो महिना यसको सेयर बजारमा ३३ करोड ७८ लाख ५४ हजार रुपैयाँ लगानी थियो । यता, फन्डको बैंक मौज्दात पनि घटेको छ । चैतमा बैंक मौज्दातमा २८ करोड ५१ लख ५५ हजार रुपैयाँ रहेकोमा वैशाखमा घटेर २७ करोड ४९ लाख ६२ हजारमा झरेको छ । यसले हालसम्म ५४ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ ।

जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकमा रहेको छ । नबिल बैंकको ४५ हजार ३५६ कित्ता सेयरमा २ करोड ९९ लाख ३४ हजार ९६० रुपैयाँ लगानी भएको छ । यसको मुद्दति निक्षेपमा ६ करोड ८० लाख रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari