stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगायो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका-४ मा रहेको डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगाएको छ ।

बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुर्‍याएको निर्माणको जिम्मा पाएको ईसान कन्ट्रक्सनका संचालक केशवप्रसाद अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार जलविद्युतको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतिय सामाग्री बाढीले बगाएको छ । निर्माणको काम निक्कै अघि बढीसकेको आयोजना पिलुवामा एक्कासी आएको बाढीले करिब १ करोड ७० लाख बढीको क्षति भएको पनि कम्पनिले जनाएको छ ।

पिलुवामा ९ दशमलब ५ मेगावाट विद्युत उत्पादनका लागि काम धमाधम भइरहेको थियो ।-

prabhu mahalaxmi
kumari