डिम्याट खातामा सोल्टी होटलको बोनस सेयर जम्मा
काठमाडौं । सोल्टी होटलले ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
सोल्टी होटलले पुस ७ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरिने होटलले जनाएको छ । सोल्टीको पुस २८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।























