citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लि. र मेगा बैंक लि. को सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच गत शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेठ २७ मा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

 

 

सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार आज सोमबारदेखि रोक्का गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भंग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो ।

दुई बैंकले जेठ ३० को पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति–एक्विजिसन सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार ३० जेठबाट रोक्का राखिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन ।

IME Life
kumari