सेयर बजार ९२.१६ अंकले बढयोस् नेप्से २५०० माथि
काठमाडौं । सेयर बजारमा आज पुस ७ गते बुधबार उछाल आएको छ। बजार आज ९२.१६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५०७.७० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।
सक्रिय लगानीकर्ताहरू आजको सेयर बजारकोदबढाइले बजार घट्ने क्रम रोकिएको संकेत गरेको बताउँछन्। अल्पकालीन गिरावट सकिएको छ। इलिअट वेभका आधारमा पनि बजार २३७० भन्दा तल नआउने सम्भावना थियो।
सरकार र राष्ट्र बैंकका पछिल्ला केही कदमले पनि बजारमा सकारात्मक असर परेको छ। बजारप्रति आशा जागेको छ। यस्तै सकारात्मक अवस्था रहे अबको एक वर्षमा बजार पहिलेको रेकर्ड ब्रेक गर्छ।
सरकार र राष्ट्र बैंकको पछिल्लो कदमले तरलता सहज हुने संकेत मिलेकोले बजार सकारात्मक बनेको देखिन्छ । ठूला कारोबार पनि बजार प्रवेश गरेका हुन सक्छन्।
अहिले लगानीकर्ता बैंकका सेयरमा आकर्षित भइरहेका छन्। बैंकहरुको सेयरभाउ ११०० इन्डेक्स रहँदाको समयकै छ । त्यसैले दीर्घकालीन लगानीका लागि राम्रा र बलिया बैंकहरुमा लगानी गर्दा फाइदा हुन्छ। अब बजार करेक्सन हुँदै माथि नै जाने अनुमान छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज व्यापार समूह सर्वाधिक ८.२३ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ७.६६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.५८ प्रतिशत, विकास बैंक समूहमा ५.५१ प्रतिशत, जलविद्युत समूहमा ६.०३ प्रतिशत, वित्त समूहमा ३.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.७६ प्रतिशत, अन्य समूहमा ३.४४ प्रतिशत, लघुवित्त समूहमा ३.९६ प्रतिशत, जीवन बीमा समूहमा ३.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४७ प्रतिशत र व्यापार समूहमा ५.१९ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु:
आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता सेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३.२६ रुपैयाँमा किनबेच भएका छन्।
हिमालयन डिस्टिलरीको सर्वाधिक ६८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अप्पर तामाकोशीको १५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज अरुण भ्याली हाइड्रोपावरको १३ करोड ९० लाख रुपैयाँ, गोखार्ज फाइनान्सको १३ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ७८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ११ करोड ५७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९ करोड ४४ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ३ लाख रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी र शिवम् सिमेन्टको सेयरमूल्यमा १० प्रतिशत तथा स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आरएसडीसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज गोर्खाज फाइनान्सको सेयरधनीहरुले धेरै गुमाएका छन। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।






















