सिद्धार्थ बैंकले ल्यायो ५–१०–१५ क्यासब्याक योजना
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधा तथा ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आज पुस ७ गतेदेखि क्यासब्याक योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने छन्। यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकले पाचौँ कारोबार रकमको ५ प्रतिशत ९अधिकतम रु. १०००, दसौँ कारोबार रकमको १०प्रतिशत (अधिकतम रु. १५०) र पन्ध्रौँ कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु. २५०) नगद क्यासब्याक पाउन सक्ने जनाएको छ।
यस योजनाले ग्राहकलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न समयमा यस्ता योजनाहरु ल्याउने क्रममा ग्राहकको उत्साहजनक सहभागिता रहँदै आएको जनाएको छ।


























