आज सेयर बजारमा झिनो अंकले सुधार तर कारोबार घट्यो
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । धितोपत्र कारोबार हुने साताको आज दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले उकालो लागेको छ ।
बजार आज ७.९ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७६५.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको मात्र भएको छ।
आजको सेयर बजारलाई लगानीकर्ताहरूले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा हेरिरहेकाले बजारले गति लिन नसकेको बताएका छन्। मौद्रिक नीतिमा केही परिमार्जन हुन सक्ने सम्भावना छ,त्यसैले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन्।
सीडी रेसियोका कारण बजारमा तरलता संकट देखिएको छ। आउँदो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले केही न केही परिवर्तन गर्नैपर्ने हुन्छ। किनकि अर्थतन्त्र चलयमान बनाउन आवश्यक छ। यो अवस्थामा सेयर बजार घटबढ हुनु स्वाभाविक नै हो। बजार बुलिस नै रहेकोले आत्तिनुपर्ने अवस्था भने छैन ।
बजार सुस्त हुनुलाई मौद्रिक नीतिको त्रैमासिक समीक्षाको प्रतीक्षा नै मुख्य कारण हो। त्रैमासिक समीक्षापछि बजारको दिशा तय हुन्छ भन्ने लगानीकर्ताहरूले आशा राखेको देखिन्छ। मौद्रिक नीतिको समीक्षामा कुनै नीतिगत फेरबदल नभएमा बजार केही समयका लागि साइडवेजमै जाने सम्भावना पनि छ।
अहिले बजेट खर्च नभएर पनि तरलता अभाव देखिएको छ। मंसीरदेखि विकास निर्माणका काम अगाडि बढछन। बजेट पनि खर्च हुन थाल्छ। बजार सेक्टरवाइज चलेको देखिन्छ। मुद्दतिमा पैसा राख्नुभन्दा सेयरमा लगानी गर्दा नै फाइदा हुन्छ। सेयर बजारमा २५ प्रतिशत फाइदा सजिलै पाउन सकिन्छ। मुद्दती निक्षेपमा राखे १० प्रतिशत व्याज मात्र पाइने हो।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक ४.५१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.३३ प्रतिशतले बढेको छ।
यसै गरि आज बैंकिङमा ०.१६ प्रतिशत, व्यापार समूहमा ०.५१ प्रतिशत, जलविद्युत समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०।३६ प्रतिशत र लगानी समूहमा ०.८३ प्रतिशतको बढोत्तरी भएको देखिएको छ।
वित्त समूह सर्वाधिक ८८ अंकले ओरालो लागेको छ। विकास बैंक समूह ०.६५ प्रतिशतले घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.२७ प्रतिशत र जीवन बीमा समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु:
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७.४४ रुपैयाँमा किनबेच भएका छन्। महालक्ष्मी विकास बैंकको सर्वाधिक ३४ करोड ४१ लाख रुपैयाँ बढी कारोबार भएको छ। एनटीसीको २९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज अरुण काबेली पावरको १४ करोड ८७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २७ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ४८ लाख रुपैयाँ, नेसनल हाइड्रोको ११ करोड ७६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १० करोड ६९ लाख रुपैयाँ, अपी पावरको ८ करोड ५९ लाख रुपैयाँ, एचआईडीसीएलको ७३ करोड ५८ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ६ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:
आज दुई वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मानुषी लघुवित्तको सेयरभाउ १० प्रतिशत तथा चन्द्रागिरी हिल्सको १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो बैंकको सेयरभाउ झन्डै ४ प्रतिशतले ओरालो लागेको छ।






















