वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कर्जा लगानी बढ्यो
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।
नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांक अनुसार मंसिर १ गतेदेखि मंसिर ३ गतेसम्म निक्षेप घटेको र कर्जा लगानी बढेको देखिएको छ।
यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको पाइएको छ।
लगातार निक्षेप घटिरहेको भए पनि कात्तिकको अन्तिम साता भने बैंकको निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो। मंसिर लागेयता भने पुनः घटेको बताइएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने ७ अर्ब रुपैयाँले बढेको छ।
गत कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जनाइएको छ।






















