sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

शेयर बजारमा हरियाली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमवार पनि शेयर बजार परिसूचक नेप्से बढेको छ । हिजो आइतवार २७ अङ्क भन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । आज बैंकिङ समूहको शेयर ३७ अङ्कले, होटलको ८१, विकास बैंक तीन सय एक, हाइड्रोपावर दुई सय, र फाइनान्स एक सय ७६ अङ्कले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समूहको शेयर चार सय ६७ अङ्कले, माइक्रोफाइनान्स एक सय २१ र जीवन बीमा समूहको शेयर पाँच सय ३७ अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । केही दिनयता कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा आज भने चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज दुई सय २९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता शेयर ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम दशैँ बिदापछिकै सबैभन्दा धेरै हो ।

आज १७ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सांग्रिला विकास बैंक डिबेन्चरको शेयर भने आज चार प्रतिशतले घटेको छ ।

prabhu bank
nawakantipur long