sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एक सय रुपैयाँभन्दा पनि कम भाउमा सेयर किन्न चाहनु हुन्छ ?

Nimb long ad
Prabhu Insurance Long Ad

 

 

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

काठमाडौं । पुँजी बजार सूचक तल झर्दा बजारमा सेयर भाउ भने निकै सस्तो हुन थालेको छ । गत बिहीबार कारोबारमा आएका १८२ मध्ये १७ वटा कम्पनीको सेयर मूल्य आइपीओ भाउ ( १०० रुपैयाँ ) भन्दा तल छ । अनि, फेरि यसरी १ सय रुपैयाँ भन्दा सस्तो भाउ हुने सबै जलविद्युत् कम्पनीहरु रहेका छन् । यो भनेको प्राथमिक बजारमा १ सय रुपैयाँ तिरेर वर्षौं पहिले आइपीओ भरेकाहरुले भन्दा अहिले दोस्रो बजारमा झन् सस्तोमा सेयर किन्न पाउने अवसर हो ।

तथापि, सस्तो हुँदैमा भाउ बढ्छ वा किन्नु पर्छ भन्ने अर्थमा बुझ्नु चाहिँ हुँदैन । लगानी गर्दा सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था भने अध्ययन गर्न आवश्यक हुन्छ । केही वर्षयता आम लगानीकर्तामा जलविद्युत् कम्पनीको सेयरप्रति खासै आकर्षण देखिएको छैन । अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था पनि तुलनात्मक रुपमा मजबुत नभएको कतिपयको भनाइ पनि रहने गरेको छ ।

तर, सबै कम्पनीलाई एउटै बास्केटमा राख्नु मिल्दैन । तुलनात्मक रुपमा हेर्दा भने जलविद्युत् कम्पनीहरुको लाभांश अनुपात अन्य समूहको भन्दा केही कम रहेको देखिन्छ । लगानी गर्दा सेयर भाउसँगै प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ लगायतका वित्तीय सूचक पनि हेर्नुपर्छ । यसैगरी, नाफा, रिभर्ज कोष, वितरण योग्य नाफा, भविष्यमा व्यापार विस्तारको सम्भावना लगायतलाई ख्याल गर्नुपर्ने हुन्छ ।

सस्तो भाउ हुँदैमा किन्नुपर्छ भन्न खोजिएको होइन । तर सामान्यतयः अंकित मूल्य १ सय रुपैयाँ भाउ राखेर कम्पनीहरुले आइपीओ जारी गर्छन् । आइपीओ आएको वर्षौ पूरा भएका कम्पनीहरुको भाउ त्यसभन्दा तल वा आइपीओकै हाराहारीमा रहेकाले सस्तो भन्न सकिएको हो । केही त संस्थागत सुशासन राम्रै भएका कम्पनीको भाउ पनि १ सय भन्दा तल देखिएको छ ।

(नोट : गत बिहीबार अर्थात फागुन २९ गतेको क्लोजिङ भाउका आधारमा ।) 

gold
prabhu bank
nawakantipur long