सरकार र निजी क्षेत्रलाई जोडेर अघि बढ्छु : चन्द्र ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफू सधैँ व्यवसायीको हक हितमा लागेको र आगामी दिनमा पनि सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघ चितवनमा आयोजित एक कार्यक्रममा उनले व्यवसायीको हक हित र सुरक्षामा कुनै पनि कमि हुन नदिने बताएका हुन ।

महासंघको आगामी चैत्र २९ र ३० गते हुने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार समेत रहेका भएका ढकालले सरकारसँग सधैँ सहकार्य गरी उद्योगी व्यवसायीको हक हितको लागि अगाडि बढ्ने बताए । सरकार र नीजि क्षेत्रको सहकार्य विना देश विकास हुन नसक्ने भन्दै उनले जिल्ला, नगर र केन्द्रबिचको दुरीलाई नजिक ल्याउने समेत बताए ।

जिल्ला, नगर र प्रदेश संघलाई क्षमतावान् र सक्षम बनाउन आफू सधैँ लाग्ने समेत बताए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल सफल व्यवसायी एवम् आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत हुन ।]

सो कार्यक्रममा संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले संस्था र उद्योगी व्यवसायीको हक हित र सुरक्षामा महासंघ सधैँ लागिरहेको र आफू तथा संस्था सधैँ लाग्ने समेत उनको भनाइ थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्का, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष चिरञ्जीवी सुवेदी, गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर गिरी, भिमनारायण श्रेष्ठ, पूर्व अध्यक्ष गोपाल कर्माचार्य, सदस्य इश्वरी प्रसाद अर्याल लगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

त्यसैगरी चितवनको खैरहनी उद्योग वाणिज्य संघमा पनि महासंघका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकाल सहितको टोलीले भेटघाट कार्यक्रम गरेको थियो । संघका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष गुणराज श्रेष्ठ, द्वितीय उपाध्यक्ष शेषकुमारी सडौला ओली, तृतीय उपाध्यक्ष बुद्धिराज डल्लाकोटी, महासचिव कुमार खनाल, सदस्य रामेश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तैगरी उद्योग वाणिज्य संघ चितवनले पनि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकाल सहितलाई एक कार्यक्रमका बिच स्वागत गरेको थियो । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले उम्मेदवारी घोषणा सँगै जिल्ला, नगर र प्रदेश संघको भेटघाटलाई तिब्रता दिनु भएको छ ।

IME Lifesidebar
kumari