लक्ष्मी म्युचुअल फन्डको ८ करोड इकाई चैत ९ गते बाट खुल्ने

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६
काठमाडौं ।लक्ष्मी म्युचुअल फन्डले लक्ष्मी उन्नति कोष नाममा चैत ९ गतेदेखि ८ करोड इकाई (युनिट) म्युचुअल फन्ड बिक्री खुला गर्ने भएको छ । यस फन्डले १५% (१ करोड २० लाख) इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । यसमा चैत १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा चैत २३ गतेसम्म आवेदन खुला रहनेछ ।
यस फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले आवेदन दिन पाइने छ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।