शुक्रबार पनि बढ्यो डलरको भाउ

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६
काठमाडौं । अमेरिकी डलरको भाउ उच्च विन्दुमै कायम रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ४४ पैसा र बिक्री दर ११९ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । चीनबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण विश्वभर देखिएको छ । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।
सोही कारण लगानीकर्ताहरु अमेरिकी डलर सञ्चय गर्न तर्फ लागेको अनुमान छ ।
पछिल्ला दिनहरुमा कोरोना त्रासका कारण विशेष गरी अमेरिकी डलर र सुन बजार तर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् । सोही कारण डलर सहित सुनको भाउले समेत दिनहुँ जसो नयाँ रेकर्ड कायम गरिरहेको छ । माग बढेसँगै मूल्य पनि उच्च भएको हो ।