citizens life insurance long ad
stcnepal long ad

आज नेप्से ४१ अङ्कले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज साताको चौथो दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से परिसूचक ४१ दमलव तीन अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको हो ।

आज व्यापार समूहको तीन सय ८१ अङ्कले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटनको एक सय ७८ बढेको छ भने, विकास बैंकको २१, फाइनान्सको २२, माइक्रो फाइनान्सको एक सय २२, जीवन बीमाको एक सय ४१, निर्जीवन बीमाको दुई सय २१, उत्पादनको ५१, अन्यको २० र लगानी समूहको शेयर झण्डै पाँच अङ्कले वृद्धि भएको छ ।

आज दुई सय आठ कम्पनीका एक करोड ६९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छे । सबैभन्दा धेरै निफ्राको ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । आज ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ कारोबार रकम पुगेको छ । हाइड्रो भने १४ दशमलव ९५ अंकले घटेको छ ।

IME Life
kumari