दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन भएको छ ।
यस कम्पनीको मंगबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात दोर्दीको बजार मूल्य ३४९.५० रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार बनाएर बिहीबार यसको कारोबार खुला हुनेछ ।