citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

ओम मेगाश्री फर्मास्युटिकल्सको मंसिर २६ गते ११औं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आगामी मंसिर २६ गते आफ्नो ११औं वार्षिक साधारणसभा बोलाएको छ।

साधारण सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै संस्थापक शेयरधनी समूहबाट चार जना सञ्चालकसमेत निर्वाचित गरिनेछ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूची सहितका वित्तीय विवरण पारित गरिनेछ।

चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

यसपटकको साधारण सभाको मुख्य विशेष प्रस्ताव भने रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने रहेको छ। यसका लागि दुवै कम्पनीबीच भएको प्रारम्भिक समझदारीपत्र, त्यसमा भएका संशोधन, प्राप्ति समिति गठन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता र कानुनी सल्लाहकार नियुक्तिसम्बन्धी कामकारबाही अनुमोदन गर्ने प्रस्ताव गरिएको छ।

साथै मूल्याङ्कनकर्ताले तयार पारेको सम्पत्ति, दायित्व तथा व्यवसायको मूल्याङ्कन प्रतिवेदन र अन्तिम सहमतिपत्रसमेत स्वीकृतिका लागि सभामा पेस गरिनेछ।

कम्पनीले प्रस्तावित प्राप्तिका लागि शेयर आदानप्रदान अनुपातसमेत तय गरेको छ। सञ्चालक समितिबाट अनुमोदित अनुपात अनुसार रोयल फर्मास्युटिकल्सको एक कित्ता शेयर बराबर त्यसका शेयरधनीलाई ओम मेगाश्री फर्मास्युटिकल्सको ०.५७४४ कित्ता शेयर प्रदान गरिनेछ।

रोयल फर्मास्युटिकल्सका शेयरधनीले आफ्नो एक कित्ता शेयरबापत ओम मेगाश्रीको ०.५७४४ कित्ता शेयर पाउने प्रस्ताव गरिएको हो।

प्राप्ति प्रक्रिया र त्यससँग सम्बन्धित संस्थागत व्यवस्थालाई अघि बढाउन कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक प्रावधान संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साथै प्रस्ताव कार्यान्वयनका क्रममा नियामक निकाय वा अन्य कार्यालयबाट थप संशोधन, परिमार्जन वा परिवर्तन गर्न निर्देशन आएमा त्यसअनुसार काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत रहेको छ।

साधारण सभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ। त्यसअनुसार मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागी हुन तथा सञ्चालक निर्वाचनमा मतदान गर्न पाउनेछन्।

साधारणसभा चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा साधारण सभा गर्ने निर्णय गरेको हो।

IME Life
kumari