stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

लाभांश प्रस्ताव पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा आज काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर तिर्नका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले आगामी आर्थिक वर्षमा दुई डिजिटमा लाभांश वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले माघ ३० गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा उपस्थित थिए ।

prabhu mahalaxmi
kumari bank
kumari