citizens life insurance long ad

नेप्सेमा सीईओको लागि दरखास्त आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ। नेप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

यसका लागि तोकिएको विषयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको वा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएको वा विभिन्न कानूनले अयोग्य नभएको लगायतका योग्यता र अनुभव तोकिएका छन्।

सूचनामा तोकिए बमोजिम योग्यता पूरा भएको इच्छुक व्यक्तिले आगामी सात दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिनु पर्नेछ। आवेदनमा गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्न आग्रह गरिएको छ।

IME Lifesidebar
kumari