कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ठूलो संख्यामा संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंककै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।