stcnepal long ad
ime life insurance
global ime bank long

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

इन्स्योरेन्स कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

यस्तै कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

इन्स्योरेन्स कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको हो। उक्त आईपीओमा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन २६ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ७ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari