citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेप्सेको खुद नाफा २३.८२ प्रतिशत बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को खुद नाफा २३.८२ प्रतिशत बढेर १ अर्ब १ करोड ३७ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष नेप्सेले ८१ करोड ८६ लाख ८३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष नेप्सेले धितोपत्र कारोबारबाट १ अर्ब ५ करोड २९ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७२ लाख रुपैयाँ, अन्य आम्दानी ५९ करोड ६१ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ गरेको छ ।

अघिल्लो वर्ष नेप्सेले धितोपत्र कारोबारबाट ६९ करोड ३८ लाख रुपैयाँ, संगठित सदस्यलाई दिएको सेवाबाट १४ करोड ७१ लाख रुपैयाँ, अन्य आम्दानी ६२ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी १ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ गरेको थियो ।

अघिल्लो वर्ष ३७ करोड ६० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको नेप्सले गत वर्ष ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ ।

२०८१ असारसम्म नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, सञ्चित नाफा १ अर्ब ५० करोड ७० लाख रुपैयाँ र अन्य पुँजी तथा कोष ४ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ छ । नेप्सेको प्रतिसेयर खुद सम्पत्ति ७१३।१९ रुपैयाँ रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank