stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्टार माइक्रो इन्स्योरेन्सको वर्षको दोस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले १८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ४३ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ५६.९७ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म इन्स्योरेन्स कम्पनीले ५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्स्योरेन्स कम्पनीले ११ लाख ९७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क ४१२३.३१.५१ प्रतिशतले बढेको छ। यसले व्यवसाय भित्र्याउन इन्स्योरेन्स कम्पनी आक्रामक ढंगले अगाडि बढिरहेको देखाउँछ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले १ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्स्योरेन्स कम्पनीले ६ लाख ३१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको स्पेसल रिजर्भमा ३१ लाख ७ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख १० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १० लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटीमा १ लाख ३४ हजार रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा २१ लाख ६४ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख १६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ लाख २५ हजार रुपैयाँ र अन्य इक्विटीमा ३५ लाख ५६ हजार रुपैयाँ रहेको थियो।

इन्स्योरेन्स कम्पनीको बीमा कोषमा १२ करोड ५५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ५ करोड ९४ लाख ४२ हजार रुपैयाँ थियो। बीमा कोषको आकार १०१.९७ प्रतिशतले बढेको छ।

prabhu mahalaxmi
kumari