stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको सत्रौं वार्षिक साधारण सभा पुस २८ गते बस्दै

सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीको प्रस्तावित लाभांश पारित गर्न सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सो साधारण सभा  पुस २८ गते  आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे  सुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।

साथै साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

prabhu mahalaxmi
kumari