stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सर्वोत्तम सिमेन्टको भोलि पुस २६ गते साधारण सभा

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिंदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले भोलि शुक्रबार पुस २६ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरि १० प्रतिशत लाभांश दिंदैछ । यो प्रस्ताव भोलि शुक्रबार साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश वितरण सहितका एजेन्डाहरु पारित गर्न  साधारण सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari