stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज पनि शेयर बजार २६ सय विन्दुमुनि झर्‍यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।

नेप्से झन्डै साढे २ महिनापछि २६ सय विन्दुमुनि झरेको हो । यसअघि गएको असोज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेको थियो ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब २७ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

prabhu mahalaxmi
kumari bank
kumari