stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

राजश्व चुहावट गर्ने ३४ जना बिरुद्ध १० करोड ७२ लाखको माग दाबीसहित मुद्दा दर्ता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट कसुरमा १० करोड ७२ लाख ४ हजार ९ सय ३२ रुपयाँको माग दाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलाज वीरगञ्जमा मुद्दा दर्ता गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय पथलैया वाराले जनकपुर भन्सार कार्यालय अन्तरगत लग्मा जटही छोटी भन्सार कार्यालयबाट गत असोज ६ गते जाँस पास भएका एचआर ३८ जेड ४११२ र एचआर ३८ एएफ ०६३१ नम्बरको बालवाहक ट्रकहरुमा भएका कुर्ता सुरुवाल लगायतका मालवस्तुहरुको प्रज्ञापन पत्रमा घोषणा भए भन्दा फरक मालवस्तु फेला परेको थियो ।

ट्रकका चालकहरु भारत मधुवनीका महम्मद आलम र सुल्तानपुरका शेरबहादुर सिंह, नुवाकोटका अमृतकुमार श्रेष्ठ, लमजुङका महेन्द्र गुरुङ, गुल्मीका रुद्रप्रसाद श्रेष्ठ, छोटी भन्सारका भन्सार अधिकृत १ जना, नायब सुब्बा ३ जना, हरि आलेसमेत २५ जना भूूपू भारतीय गोर्खा सैनिकहरु समते ३४ जना बिरुद्ध राजश्व चुहावट गरेको कसुरमा मुद्दा दर्ता भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।

 

kumari bank
kumari
nawakantipur long