stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल धितोपत्र बोर्डले करिब आठ अर्बको सेयर निष्कासन अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल सात अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपिओ गरी कुल सात अर्ब ५८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भएको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो । गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २६७ पुगेको छ ।

prabhu mahalaxmi
kumari