citizens life insurance long ad
stcnepal long ad
national life

आजदेखि हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सकिने

Prabhu Insurance Long Ad

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर आज साउन २४ गते बिहीबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरको लागि यसले असार २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हिमालय ऊर्जाले जारी गरेको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long