stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज सेयर कारोबार लगायत, बैंक–वित्तीय संस्था पनि बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज चैत २६ गते सोमबार सेयर कारोबार नहुने भएको हो । आज सेयर बजारको कारोबार समेत बन्द हुने भएको छ ।

राजधानी काठमाडौं रहेको र सेयर बजार सञ्चालक नेप्से कार्यालय पनि राजधानीमै सीमित भएकाले काठमाडौंमा सार्वजनिक विदा हुँदा देशभर सेयर कारोबार बन्द हुँदै आएको छ ।

साथै, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब सेयर बजार मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ । आइतबार बजार २२।७५ अंकले बढेर २०२६।८१ अंकमा बन्द भएको थियो ।

IME Lifesidebar
kumari