sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओ सर्वसाधारणलाई बिक्री खुला हुँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ मार्फत सर्वसाधारणलाईआइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । सर्वोत्तम सिमेन्टले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

gold
kumari bank
nawakantipur long