citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

यति एयरले रु.१३,५०० मै जोडीलाई माउण्टेन फ्लाइट लैजाँदै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । यति एयरलाइन्सले भ्यालेण्टाइन डे को अवसर पारेर माउण्टेन फ्लाइटमा जोडी प्याकेज ल्याएको छ। यति एयरले जोडीका लागि जम्मा १३ हजार ५ सय रुपैयाँमा माउण्टेन फ्लाइटको टिकट उपलब्ध हुने जानकारी दिएको छ।

फेब्रुअरी महिनाभर उपलब्ध हुने यो प्याकेजका लागि ईच्छुकले यति एयरको सेल्स काउण्टर वा अनलाइन माध्यमबाट टिकट खरिद गरेर बुकिङ गर्न सकिने जानकारी यति एयरलाइन्सले दिएको छ।

जहाजको झ्यालको टिकट बुकिङका लागि १३ हजार रुपैयाँ र प्लेनभित्र यात्रु ओहोरदोहोर गर्ने तर्फको सिटको टिकटको बुकिङका लागि ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसरी जोडीका लागि कूल १३ हजार ५ सय रुपैयाँमा दुई वटा टिकट खरिद गर्न सकिने यति एयरले जानकारी दिएको छ।

माउण्टेन फ्लाइटको हवाई टिकटको मूल्य प्रति यात्रु १३ हजार देखि १४ हजार रुपैयाँसम्म रहेको छ। यति एयरले भ्यालेण्टाइन महिनाको अवसरमा एक जना यात्रुका लागि टिकट खरिद गर्दा अर्को यात्रुको टिकट झण्डै निःशुल्क उपलब्ध गराएको छ।

एयरलाइन्सका अनुसार फेब्रुअरी २९ तारेख अर्थात् फागुन १७ गते सम्मका लागि यो योजना लागू गरिएको छ।

himalayan life insurance
igi long