आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सोल्टी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज बुधबार पुस ४ गते अन्तिम दिन हो ।
दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार पुस ५ गते बुक क्लोज गर्दैछ । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
सोल्टी होटलले गत वर्षको नाफाबाट ३१.५७८% लाभांश वितरण गर्दैछ । यस कम्पनीले सेयरधनीलाई ५% बोनस सेयर र र २६.५७८% नगद लाभांश वितरण गर्न लागेको हो ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०.५२६३% नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न भगवती हाइड्रोपावरले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।